PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

एसियन ब्याडमिन्टन टिम च्याम्पिनयसिपमा ४ नेपाली खेलाडी



पहिलोपोस्ट

एसियन ब्याडमिन्टन टिम च्याम्पिनयसिपमा ४ नेपाली खेलाडी

काठमाडौं : एसियाली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसियाको केदाह प्रस्थान गरेको छ।

फेब्रुअरी ६ देखि १० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विकास श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल ब्याडमिन्टन संघका सचिव नवीन शाहका अनुसार प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको छ। सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ।

नेपाल रहेको समूह ‘बी’ दक्षिण कोरिया, जापान र काजकिस्तान छन्। टिम इभेन्टमा ३ सिंगल्स र २ डबल्समा खेल हुनेछ।

टिम व्यवस्थापकमा ब्याडमिन्टन संघका सदस्य हिमाल शाह तथा प्रशिक्षकमा ब्याडमिन्टन मुख्य प्रशिक्षक सुदीप योञ्जन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell