PahiloPost

Mar 25, 2025 | ११ चैत्र २०८१

'पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने'



रासस

'पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने'

पोखरा : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिने बताएका छन्।

खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिए। आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ।

पोखरा रंशालाको प्यारापिट निर्माणका लागि एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उनले बताए।

परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उनले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell