PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दीपेन्द्र के खनालले 'नथिया' निर्देशन गर्ने



पहिलोपोस्ट

दीपेन्द्र के खनालले 'नथिया' निर्देशन गर्ने

काठमाडौं: शनिबार सार्वजनिक उपन्यास 'नथिया'माथि फिल्म निर्माण हुने भएको छ। सरस्वती प्रतीक्षाको पहिलो उपन्यास लोकार्पणकै अवसरमा पुस्तक माथि फिल्म बन्ने जानकारी दिइएको हो।

फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् भने फिल्मका निर्माता डिएस डिजिटल र प्रकाशक भूपेन्द्र खड्का रहनेछन्। वादी महिला (सामली)को जीवनकथा भन्ने उपन्यासले वादी समुदायको जीवन, सामाजिक स्थिति, मनोविज्ञान र यौन दासता जस्ता विविध पाटोहरु समेट्छ।

कार्यक्रममा दीपेन्द्र के खनालले पटकथा लेखनपछि वर्ष २०७५ को मध्यबाट फिल्म युनिट छायांकनमा निस्कनेछ। महिला प्रधान बन्ने फिल्म व्यवसायिकभन्दा बढी कलात्मक बनाउने कोसिस गर्ने दीपेन्द्रले बताए। भने,'हामी फेस्टिभल लक्षित फिल्म बनाउने छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell