PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश नम्बर २ को प्रदेश सभा बैठकको लागि यस्तो छ तयारी



पहिलोपोस्ट

प्रदेश नम्बर २ को प्रदेश सभा बैठकको लागि यस्तो छ तयारी

काठमाडौं: संघीय संरचनामा पहिलो पटक प्रदेश सभाका अधिवेशनहरु धमाधम भइरहेका छन्।

त्यसैअन्तर्गत प्रदेश नम्बर २ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ।

बैठक सञ्चालनका लागि यसअघि नै संघीय संसद् सचिवालयबाट कर्मचारी सम्वन्धित प्रदेश सभा सचिवालयमा पुगिसकेका छन्।

 

यस्ता छन् कार्यसूची

पहिलो बैठकमा सबै प्रदेश सभाका कार्यसूची करिव साझा छन्। पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानका लागि गरिएको पत्र पढेर सुनाइँनेछ। भने, शहीदको सम्झनामा मौनधारण हुनेछ,। यस्तै, ज्येष्ठ सदस्य र राजनीतिक दलका प्रतिनिधिले सभालाई सम्वोधन गर्नेछन्। 

  • प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र वाचन हुने
  • शहीदको सम्झनामा मौनधारण
  • राजनीतिक दलका नेताबाट सम्वोधन
  • अन्तरिम कार्यविधि पारित हुने
  • सभामुख/उपसभामुख चयनको मिति तोकिने

व्यवस्थापन कार्य अन्तर्गत पहिलो बैठकले सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ। सभा सञ्चालनका लागि सभामुख र उपसभामुखको निर्वाचनको मिति पहिलो बैठकले तय गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell