
काठमाडौं: 'पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८'को लागि आवेदन खुला भएको छ। शुक्रबार घोषणा भएको सौन्दर्य प्रतियोगिताको चौथो संस्करणका लागि आवेदन खुला भएको आयोजकले जानकारी दिएका हुन्।
महिलातर्फको चौथो र पुरुषतर्फको दोस्रो सौन्दर्य प्रतियोगिताको अडिसन फागुन ७ गते सुरु हुनेछ। एड होम एडभरटाइजिङको आयोजना रहने कार्यक्रम बिराटनगरमा हुँदैछ। प्रतियोगितालाई साजिद आलमले कोरियोग्राफ गर्देछन्।
सहभागी चयन इटहरी, धरान र दमकमा हुनेछ। प्रतियोगिताको लागि २० जना युवा र २० जना युवती छनोट गर्ने अलामले जनाएका छन्। छानिएकाले २२ दिन लामो व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, इन डोर फोटो सुट, क्याटवाक जस्ता तालिमहरू प्राप्त गर्नेछन्। कलेज प्रिन्सेस र प्रिन्सको शीर्ष विजेताले नगद २१ हजार सहित सानिमा इन्सुरेन्सको तर्फबाट ५ लाखको जीवन बिमा प्राप्त गर्नेछन्।