PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार



पहिलोपोस्ट

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। 

पशुपति क्षेत्रको गौरीघाटमा उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कर्पियोले ठक्कर दिएको हो। उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ। ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक गणेश खनालले बताए। 
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सबै मातहतका बृत्त तथा प्रभागमा ठक्कर दिएको गाडीको खोजी गर्ने निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell