PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

सैनिक शिविरमा आक्रमण, ११ सैन्य अधिकारीको पाकिस्तानमा हत्या



रासस

सैनिक शिविरमा आक्रमण, ११ सैन्य अधिकारीको पाकिस्तानमा हत्या

इस्लामावाद : पाकिस्तानको उत्तर पश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ।

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन्। पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको हो।

उक्त सैन्य शिविरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए। यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीर रुपमा घाइते भएका छन्।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ।

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ। आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन। उनीहरु रातको समयमा हमला गरेर भागेका हुन्।

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गरेका छन्। उनले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell