PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

श्रम अदालतमा ६९ मुद्दा फर्छौंट



रासस

काठमाडौँ : श्रम अदालतले साउनयता ६९  मुद्दा फर्छौंट गरेको छ। 

अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फर्छौंट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराए। दर्ता भएका ९२ मुद्दा फर्छौंट गर्न बाँकी छ। साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन्। 

श्रमिकले जहाँ काम गरेको हो त्यहाँ छिनोफानो नभएपछि न्यायका लागि श्रम अदालतमा मुद्दा दर्ता गराउँछन्। उनका अनुसार फर्छौंट गरिएकामध्ये बढीजसो निजी प्रतिष्ठानमा काम गर्ने मजदुरका बढी रहेका छन्। 

अदालतमा धेरैजसो नियुक्तिपत्र,  सेवाबाट हटाइएको, तोकिएको तलब नदिएको जस्ता मुद्दा पर्ने गरेको छ। अदालतमा मुद्दा हेर्ने अधिकारी देवेन्द्रराज ढकालको एकल इजसालबाट हरेक हप्ता बुधबार, बिहीबार र शुक्रबार फैसला हुने गरेको छ। अदालतले फर्छौंट गरेका मुद्दा भने टेकुस्थित श्रम कार्यालयले  कार्यान्वयन गर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell