PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

फिल्म 'पञ्चायत'को ट्रेलर रिलिज, नीता बनिन् १५ वर्षीय किशोरी



पहिलोपोस्ट

फिल्म 'पञ्चायत'को ट्रेलर रिलिज, नीता बनिन् १५ वर्षीय किशोरी


काठमाडौं: फिल्म 'पञ्चायत'को ट्रेलर रिलिज भएको छ। आइतबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको ट्रेलरमा मुख्य कलाकार सरोज खनाल, नीता ढुङ्गाना र जान्वी बस्नेत फिचर्ड छन्। आयोजित कार्यक्रममा फिल्म युनिटले कलाकार र प्राविधिकलाई सम्मान समेत गर्‍यो।

अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। उक्त अवार्डमा हात पारेको सफलताको लागि फिल्मकर्मी सम्मानित भएका हुन्।

फिल्ममा सरोज खनाल र नीता ढुङगानासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।

फागुन १७ गते रिलिज हुने फिल्मलाई शिवम अधिकारीको निर्देशन गरेका हुन्। पञ्चायतमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell