PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फिल्म ‘सुश्री सम्पत्ति’ बन्ने पक्का, सलोन र सारा मुख्य कलाकार



पहिलोपोस्ट

फिल्म ‘सुश्री सम्पत्ति’ बन्ने पक्का, सलोन र सारा मुख्य कलाकार

काठमाडौं: फिल्म ‘सुश्री सम्पत्ति’ बन्ने बारे आधिकारिक जानकारी दिइएको छ। फिल्म बन्ने  खबर केही समय अघि नै सार्वजनिक भएपनि निर्माण युनिटले फिल्म र अनुबन्धित कलाकारको आधिकारिक घोषणा गरेको थिएन। फिल्म युनिटले मुख्य कलाकारको रुपमा सारा सिर्पाली र सलोन बस्नेतको नाम बताएको छ।

फिल्ममा प्रियंका कार्कीको पनि विशेष भूमिका रहनेछ।

कमेडी जनराको सुश्री सम्‍पत्तिलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्दैछन्। फिल्मको कथा आचार्य स्वयंमले लेखेका हुन्। उनले यसअघि फिल्म अधकट्टी निर्देशन गरेका थिए। सुव्रतले वर्ष २०७५ को तीजलाई रिलिज टार्गेट गरेका छन्।

अन्य कलाकार विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेने बताइएको छ। सुरेश अधिकारीले गीतहरुमा शब्द र संगीत दिनेछन्। कविराज गहतराजको कोरियोग्राफी र भरत रेग्मीको सम्पादन रहने फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन्। 

फोटो: आर्यन बिमली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell