PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सञ्चारकर्मी सुव्रत आचार्यको दोस्रो फिल्म घोषणा



पहिलोपोस्ट

सञ्चारकर्मी सुव्रत आचार्यको दोस्रो फिल्म घोषणा

काठमाडौं: फिल्म पत्रकार तथा निर्देशक सुव्रत आचार्यले दोस्रो निर्देशकीय प्रोजेक्ट घोषणा गरेका छन्। उनले फिल्म ‘सुश्री सम्पत्ति’ निर्देशन गर्ने भएका हुन्। उनले यसअघि फिल्म अधकट्टी निर्देशन गरेका थिए। 

‘सुश्री सम्पत्ति’मा सारा सिर्पाली र सलोन बस्नेतको मुख्य अभिनय रहनेछ भने अभिनेत्री प्रियंका कार्कीको पनि विशेष भूमिका रहनेछ। कमेडी जनराको सुश्री सम्‍पत्तिलाई आचार्य स्वयंमले लेखेका हुन्। सुव्रतले वर्ष २०७५ को तीजमा रिलिज हुनेगरी फिल्म युनिट छायांकनको लागि फ्लोरमा उत्रने बताएका छन्। उनले फिल्म घोषणा कार्यक्रममा आफू निकै उत्साही रहेको बताए।
फिल्ममा कलाकार विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहने छ।

फिल्मका गीतहरुमा सुरेश अधिकारीले एकल शब्द र संगीत दिनेछन्। कविराज गहतराजको कोरियोग्राफी र भरत रेग्मीको सम्पादन रहने फिल्मलाई अर्जुन तिवारीले खिच्नेछन्। 

फोटो: आर्यन बिमली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell