PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश ५ को पहिलो बैठक सम्पन्नः फागुन २ गते सभामुखको चुनाव 



चन्द्रकान्त खनाल

प्रदेश ५ को पहिलो बैठक सम्पन्नः फागुन २ गते सभामुखको चुनाव 

रुपन्देहीः प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ। 

दिउसो १ बजे  बाट सुरु भएको बैठकको सुरुमा प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदुत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर भएको भन्दै सबैलाई बधाई दिएका थिए।
 
कार्यसुची अनुसार  एमाले  संसदीय दलका नेता शंकर पोखरेलले   संघीयता नयाँ भएको  भन्दै यसमा अवसर र चुनौ दुबै रहेको बताए। यो  प्रदेशलाई सबै हिसाबले नमुना प्रदेश बनाउनेतर्फ आफूहरु लाग्ने बताएका छन्। 

सभामा बोल्दै उनले छोटो समयमा धेरै कानुन बनाएर कार्यान्वयन गर्नु पर्ने भएको बताउदै  प्रदेश  जनतालई सबै कुराबाट सहज हुने तरिकाले काम गर्न बताएका छन्। संरचना केही नभएको बताउदै ५ नं प्रदेशमा धेरै श्रोत साधन भएकोले पनि  यो प्रदेशलाई उत्कृष्ट र नमुना बनाउने बताए। माओबादी केन्द्रका सभासद कुलप्रसाद केसीले बोल्दै परिर्बतनको जगमा ऐतिहासिक  अबसर भएको बताउँदै  प्रदेशको लागि नमुना बनाउन पहल गर्ने बताए। 

उनले प्रदेशको राजधानीको लागि आगो बलेको प्रसंग बताउदै  उचित स्थान र सहमतिमा ४४ लाख ३६ हजार १ सय १५ जनताको भावना अनुसार बनाउनु पर्ने बताए। सबैलाई सजिलो र  सहज बनाउन  समेत  सभामा आग्रह गरे।

काग्रेस सभाषद् दिवबहादुर रानाले  संघीयता भनेको देख्ने सरकार होईन  भेट्ने सरकारको  भएकोले त्यो अनुसार काम गर्नु पर्नै बताएका छन।  उनले ५ नं प्रदेशमा अवसर धेरै भएको बताउदै त्योअनुसार काम गर्नु पर्नै वताए नेपालीका काग्रेस  रचनात्मक काममा सहयोग गर्ने बताएका छन। 

राष्ट्रिय जनमोर्चाका सभाषद तारा जीसीले संघिताको बारेमा  आफनो पाटी बिरोधमा रहेको बताईन।

संघियसमाजबादी फोरका सभाषद संसाराम यादवले परिवर्तनको आडमा आएको परिर्बतनलाई  आत्मसात गर्दै जनतालई त्यो अनुसार सेवा दिनुपर्नै बताएका छन। बैठकले ३० दफा र ४ अनुसुची रहेको प्रदेश सभा संचालन कार्यबिधि पारित गरेको छ। 

साथै सभामुख उप सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ। त्यसका लागि  ५ जना सभाषदको समिति रहेको बनाईएको छ एमालेबाट कमल राज श्रेष्ठ माआबादीबाट दधिराम शर्मा, कांग्रेसबाट अष्ठभुजा पाठक संघियसमाजवादी फोरबाट सन्तोष पान्डे र जनमोर्चाबाट तार जीसी रहेका छन। आगमी बैठक फागुन २ गते बस्ने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell