PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

किन पुगिन् राष्ट्रिय सभाकी सदस्य कोमल वली प्रदेश सभाको बैठकमा?



चन्द्रकान्त खनाल

किन पुगिन् राष्ट्रिय सभाकी सदस्य कोमल वली प्रदेश सभाको बैठकमा?

रुपेन्देहीः बुटवलमा रहेको प्रदेश सभा भवनमा पहिलो प्रदेश बैठक चल्नै लाग्दा प्रदेश ५ बाट निर्विरोध राष्ट्रिय सभामा निर्वाचित कोमल वली पनि आइपुगिन्।

दिउँसो १ नबज्दै आइपुगेपछि सञ्चारकर्मी उनीतिर झुम्मिए। 

एक त राष्ट्रिय सभाका निर्वाचित सांसद, अर्को सदाबहार चर्चामा रहेकी कलाकार। प्रदेश सभाका सांसदहरुलाई छायाँमा पार्ने गरी उनको उपस्थिति भयो।

ऐतिहासिक बैठकमा सहभागी भएकोले सञ्चारकर्मीले वलीलाई प्रश्न सोधिहाले–विशेष उपस्थितिको केही कारण?

वलीले उत्तर दिइन्– म पहिले रेडियो नेपालबाट प्रतिनिधि सभाको रिपोर्टिङ गर्न जान्थें। त्यसैले मेरो लागि यो खासै नौलो त होइन। तर पाँच नम्बर प्रदेशको भविष्य निर्धारण गर्ने ठाउँ यही प्रदेश सभा भएकोले म आएकी हुँ।

उनले यो सभा ऐतिहासिक भएको र यसमा उपस्थित हुन पाउनु भाग्यको कुरा पनि भएको उल्लेख गरिन्।

प्रदेश सभाको प्राङ्गणमा एक घन्टा बिताएकी उनी बैठकमा भने सहभागी भएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell