PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

राष्ट्रिय सभा सदस्य निर्वाचनः राति १२ बजेबाट मौन अवधि, एसएमएस पठाउन रोक 



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य निर्वाचनः राति १२ बजेबाट मौन अवधि, एसएमएस पठाउन रोक 

काठमाडौं: माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज राती १२ बजे देखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
 
मौन अवधि सुरु भएपछि चुनावी प्रचारप्रसारमा संलग्न नहुन उम्मेदवारहरुलाई आयोगले आग्रह गरेको छ। आचारसंहिता विपरित सामाचार सामग्री प्रकाशन र प्रसारण नर्गन पनि ओयोगले आह्वान गरेको छ। 

तर निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाहमा भने रोकावट नभएको आयोगले जनाएको छ। 

मौन आवधिमा के के गर्न हुँदैन:-


१‍.  निर्वाचन प्रचार गर्न र मत माग्न नहुने।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।
३.  एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell