PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

शिवम् न्यु डायमण्ड कप भलिबलमा चार टिम मात्र, सबै टिम सेमिफाइनलमा



पहिलोपोस्ट

शिवम् न्यु डायमण्ड कप भलिबलमा चार टिम मात्र, सबै टिम सेमिफाइनलमा

काठमाडौं : न्यू डायमण्ड एकेडेमीले आयोजना गरेको प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलमा चार टिमको मात्र सहभागिता भएपछि सबैले एक खेल खेल्दै सेमिफाइनलमा स्थान बनाउका छन्।

आइतबार देखि सुरु भएको प्रतियोगितामा आयोजक टोलि शिवम् न्यु डायमण्ड र एपीएफले जित हात पार्दे समुह विजेता बनेका छन्। पराजित नेपाल आर्मी र पोखराको टप्सउमावि भने समूह उपविजेता बन्दे सेमिफाइनल प्रवेश गरे।

प्रतियोगिताको अन्तिम समयमा नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समितिले खेल नखेल्ने जानकारी गराएको थियो। प्रतियोगितामा चार टिम मात्र सहभागिता भए पछि दुवै समूहका टिमले स्वतः सेमिफाईनल प्रवेश गर्ने अवसर प्राप्त गरेका थिए।

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा नयाँबसपार्कस्थित ढोरपाटन भलिबल सेन्टरको कोर्टमा भएको खेलमा न्यू डायमण्डले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो। समूह बी बाट डायमण्ड विजेता बन्दै आर्मी उपविजेता बन्यो। डायमण्डले आर्मीलाई २५–१३,२५–१९, २५–१७ ले हरायो।

समूह ए को लिग खेलमा एपीएफले टप्स उमाबीलाई पनि ३–० को सोझो सेटमा हरायो। एपीएफले पहिलो र तेश्रो सेटमा सहज निकाले पनि दोश्रो सेटमा निकै मेहनत गर्नु गरेको थियो। एपीएफले टप्सलाई २५–१२, २५–२२, २५–१० ले पराजित गर्‍यो।

एपीएफकी सरस्वती चौधरी वुमन अफ दी म्याच घोषित भइन्। प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टसका प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन्। 

प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले प्राप्त गर्ने एक लाख एक हजारको नगद प्रायोजन नारायणबहादुर महर्जनले गरेका छन्। त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्रायोजन प्रवासी भलिबल प्रेमी बुद्धीमान तामाङले गरेका छन्। चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार पुरस्कारको पुरस्कार हाल जापन निवासी नेपाल भलिबल संघका जापानका अध्यक्ष नबिन गुरुङले गरेका छन्। 

सर्वोत्कृष्ट खेलाडीले प्राप्त गर्ने १० हजार शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको छ। बिधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लकर, क्विकर, सर्भर र डिफेन्डरले ५-५ हजार नगद र ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताको फाइनल मंगलवार हुनेछ।

सोमवार दुवै सेमिफाइनल खेल हुनेछ। जसमा न्यूडायमण्ड र टप्स तथा एपीएफ र आमी भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell