PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ला लिगा : पिकेको गोलमा बार्सिलोनाको बराबरी



पहिलोपोस्ट

ला लिगा : पिकेको गोलमा बार्सिलोनाको बराबरी

स्पानिसल ला लिगाअन्तर्गत आइतबार भएको खेलमा लिग लिडर बार्सिलोनाले स्पानयोलसँग बराबरी खेल्दै अ्क बाँडेको छ। क्याटलान डर्बीमा बार्सिलोना र स्पानयोलले १-१ को बराबरी खेलेका हुन्।

एक गोलले पछि परेको बार्सिलोनाका लागि ८३औँ मिनेटमा जेरार्ड पिकेले बराबरी गोल पर्काएका हुन्। उनलाई वैकल्पिक खेलाडी लियोनल मेसीले पास मिलाइदिएका थिए।

पहिलो रोजाईमा नरहेका मेसीले ५९औँ मनेटमा पाको अल्कासेरको स्थानमा मैदान प्रवेश गरेका थिए। तर ६६औ मनेटमा जेरार्ड मवरेनोले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाउँदा बार्सिलोना पछि परेको थियो।

बराबरीका वावजुतपनि २२ खेलबाट ५८ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा आसिन छ। एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ४६ अंकका साथ दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell