PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ला लिगा : एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हरायो



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हरायो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। जितपछि एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ९ मा जारेको छ।

बार्सिलोनाले स्पानयोसँग १-१ को बराबरी खेलेको थियो।

घरेलु मैदानमा एथ्लेटिकोलाई जित दिलाउन ५९औँ मिनेटमा एन्जल कोरेअले गरेको गोल निर्णायक बन्यो।

जितपछि २२ खेलबाट एथ्लेटिकोको ४९ अंक भएको छ। समान खेलबाट ५८ अक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने भ्यालेन्सियाको ४० अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell