PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द

काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सोमबारदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा सदस्यका उम्मेदवारले आइतबारसम्म निर्वाचनको अन्तिम प्रचारप्रसार र आन्तरिक प्रशिक्षण गरेका छन्। आजदेखि कुनै पनि प्रचारात्मक गतिविधि गर्न पाइने छैन।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि उम्मेदवारले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्।

मौन अवधिको पालना उम्मेदवार, राजनीतिक दल तथा सञ्चारमाध्यमले समेत गर्नु पर्नेछ।  एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट मत माग्न पनि निर्वाचन आयोगले प्रतिवन्ध लगाएको छ।

दलका उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा पुग्नेगरि कुनै पनि सूचना तथा सन्देश प्रकाशन प्रसारण गर्न सञ्चारमाध्यमलाई रोक लगाइएको छ।

 

के हुन्छ कारबाही

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउँन सक्नेछ। आयोगको सचेत गराउँदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।

आयोगले मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ। आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell