काठमाडौं: प्रेम दिवसको अवसरमा गायिका जुनु गौतम नयाँ गीति भिडियो सार्वजनिक भएको छ। ‘हाम्रो नाता’ बोलको गीत युट्युब रिलिज भएको हो।
गीतमा जुनु रिजालको स्वर, पुष्पन प्रधानको स्वर र संगीत रहेको छ। गीतलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो।
जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाई सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। त्यस्तै विकास ज्ञवालीको सम्पादन रहेको छ। भिडियोमा मिलन दाहाल र निशा घिमिरे फिचर्ड छन्।