PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

पद्मावतले तोड्यो बाजीराव मस्तानीको रेकर्ड



पहिलोपोस्ट

पद्मावतले तोड्यो बाजीराव मस्तानीको रेकर्ड

सञ्जयलिला भंशाली निर्देशित फिल्म पद्मावतले उनकै फिल्म बाजीराव मस्तानीको रेकर्ड तोडेको छ। फिल्मले बक्सअफिसमा धमाका मच्चाएको हो। प्रदर्शनमा आएको १० दिनमा पद्मावतले १९२ करोड ५० लाखको व्यवसाय गरेको हो। जबकी बाजीराव मस्तानीको लाइफटाइम बिजनेस १८८ करोड मात्र थियो।

विवादका कारण चर्चामा आएको भनिए पनि फिल्मले समिक्षात्मक हिसाबमा मिश्रित प्रतिक्रिया पाइरहेको छ। बलिउड ट्रेड एनालिस्टहरुले आइतबारसम्ममा फिल्मले २०० करोड माथिको व्यापार गर्ने अनुमान गरेका थिए

भंशाली, रणबिर सिंह र दीपिका पादुकोणको बक्सअफिस धमाकामा पद्मावतले ह्यट्रिक गरायो। यसअघि रामलिला र बाजीराव मस्तानी पनि व्यवसायिक एवं समिक्षात्मक हिसाबमा सफल ठहरिएको थियो।

अब बलिउड बक्सअफिसमा पद्मावतको २५० करोडको व्यवसाय गसिपको विषय बन्नेछ। केही स्थानीय पर्दाहरुमा फिल्म ब्यान भएपनि अन्तराष्ट्रिय स्तरमा फिल्मको चर्चा कायम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell