PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

मन्त्रिमण्डल गठनको तयारीमा प्रदेश ५, को को छन् चर्चामा?



चन्द्रकान्त खनाल

मन्त्रिमण्डल गठनको तयारीमा प्रदेश ५, को को छन् चर्चामा?

रुपन्देहीः प्रदेश नं ५ मा सभामुखको निर्बाचसँगै ३ जनाको सानो मन्त्रिमण्डल गठन गर्ने तयारी थालिएको छ।

एमाले र माओवादी केन्द्रको बहुमत रहेको प्रदेश ५ मा मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल एकल दाबेदार छन्। एमाले प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले सरकार बिस्तारको तयारी रहेको बताए।

ढकालले भने ‘अहिले हामी छलफलमै छौँ केही दिनमा टुंगो लगाउँछौँ।’

ढकालका अनुसार मुख्यमन्त्री र २ जना मन्त्री रहनेछन्। हालको तयारी अनुसार मुख्यमन्त्रीसहित एमालेबाट दुई र माओवादी केन्द्रबाट एक मन्त्री रहनेछन्। पार्टीले नाम सिफारिस नगरेकाले मन्त्रीको नाम स्पष्ट नभएको उनले बताए।

मुख्यमन्त्रीमा भने एमालेले संसदीय दलको नेता शंकर पोखरेललाई पठाउने निर्णय गरिसकेको छ।

वाम गठबन्धनबीच भएको सहमति अनुसार प्रदेश ५ मा सभामुख माओवादीले पाउँनेछ। सभामुखका लागि माओवादी केन्द्रका सुर्दशन बराल र कुल बहादुर केसी चर्चामा रहे पनि आकांक्षी धेरै भएकाले निर्णय भइसकेको छैन।

माओवादी सांसद् दिनेश पन्थीले पार्टीको औपचारिक निर्णय नभएकाले सभामुखको उम्मेदवार तय नभएको बताए। पन्थीले बराल र केसीबाहेक अन्य व्यक्तिको पनि सम्भावना रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell