
पोखराः प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ।
आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। वाम गठबन्धनको बहुमत आएको यस प्रदेशमा माओवादीको भागमा सभामुख र उपसभामुख एमालेले लिन सहमति भइसकेको छ।
प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा माअवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना छन्। बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।