PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेपालका रविन श्रेष्ठले दिए लिभरपुलका मोहमद शलाहलाई 'म्यान अफ दि म्याच अवार्ड'



पहिलोपोस्ट

नेपालका रविन श्रेष्ठले दिए लिभरपुलका मोहमद शलाहलाई 'म्यान अफ दि म्याच अवार्ड'
फोटो : रविनको फेसबुकबाट

काठमाडौं : नेपालका रविन श्रेष्ठले लिभरपुलका मोहमद शालहलाई प्रिमियर लिगको म्यान अफ दि म्याच अवार्ड प्रदान गरेका छन्। गएराती भएको लिभरपुल र टोटनहमबीचको खेल हेर्न एनफिल्ड पुगेका श्रेष्ठले खेलपछि शलाहलाई उक्त अवार्ड दिने अवसर पाएका हुन्।

लिभरपुलको अफिसियल स्पोनसर रहेको कार्ल्सवर्ग बियरको २५औँ वर्षको अवसरमा श्रेष्ठले एनफिल्ड गएर उक्त खेल हेर्न अवसर पाएका हुन्।

कार्ल्सवर्गको अधिकृत विक्रेता गोरखा ब्रुअरीको 'फर्च्यून फेवर्स द फ्यान' क्याम्पेन अन्तर्गत भाग्यशाली विजेता बन्दै रविन श्रेष्ठ खेल हेर्न गएका हुन्। रविन ठमेलस्थित रिफ रेस्टुराँ एण्ड बारका एमडी हुन्।

श्रेष्ठले एनफिल्डमा गएर खेल हेर्न पाउनु अमाजिङ एक्सपेरिएनस भएको र शलाहलाई अवार्ड दिन पाउँदा भागयमानी भएको र आफैँलाई विश्वास लागन कठिन भइरहेको आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell