PahiloPost

Mar 25, 2025 | ११ चैत्र २०८१

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने: भ्रष्टचारी आरोपको सामना गर्ने



रासस

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने: भ्रष्टचारी आरोपको सामना गर्ने
फोटो श्रोत: qz.com

प्रिटोरियो: दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताएका छन्। 

राष्ट्रपति जुमाले आइतबारको सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिएका छन्। तर सो वार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। 

उनको यो सार्वजनिक प्रतिक्रियापछि उहाँको आफ्नै दलका नेताहरूले सोमबार आकस्मिक बैठक बोलाएका छन्। राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरिरहेका छन्। 

एएनसी पार्टीका वरिष्ठ नेताहरू आइतबार साँझ नै प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि पुगेका बताइएको थियो। उनीहरुसँगको वार्तापछि राष्ट्रपति जुमा पद त्याग्न तयार हुनसक्ने अनुमानहरु सर्वत्र गरिएको थियो। 

दक्षिण अफ्रिकामा अर्को वर्ष आम निर्वाचन हुन लागेको छ। त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहेको बताएका छन्। 

उता यहाँका राजनीतिक विश्लेषकहरुका अनुसार संसद्मा संकल्प प्रस्ताव लगेर भए पनि सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउन सक्नेगरी प्रक्रिया सुरुगर्ने चर्चा पनि यहाँ सुरु भएका छन्। 

यीनै चर्चाहरुबीच राष्ट्रपति जुमाले पद त्याग्न सक्ने अनुमान गरिएको थियो। तर पनि आइतबार रातिको सो वार्तापछि भने यस्तो सम्भावना नरहेको देखिएको विश्लेषकहरुले बताएका छन्। 

सत्तारुढ दलका साथै विपक्षीहरुले पनि राष्ट्रपति जुमाले भ्रष्टाचार गरेकोले सत्ता त्याग्नु पर्ने माग राख्दै आएका छन्। उनी विरुद्धमा आन्दोलन भने सुरु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell