PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यस्तो छ साझाको अपाङ्गमैत्री बस: खाल्डाखुल्डी भएका सडकमा चलाउन नमिल्ने



दिनेश खड्का

यस्तो छ साझाको अपाङ्गमैत्री बस: खाल्डाखुल्डी भएका सडकमा चलाउन नमिल्ने

काठमाडौं: साझा यातायातले नेपालमै पहिलो पटक अपाङ्गमैत्री 'सेमी लो फ्लोर बस'ल्याएको छ। सोमबार विहान मात्रै कार्यालयमा बस आइपुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

अधिकृत पाण्डले साझा यातायातले आफ्ना मेकानिकहरुबाट प्राविधिक जाँचपास, गाडी दर्ता गराएर रुट परमिट ल्याएपछि सञ्चालन ल्याउने बताए।
साझा  यातायातले अपाङ्ग र अशक्तहरुका लागि विशेष सेवा दिने गरी बस  ल्याएको हो ।

रुट परमिट लिन बाँकी रहेपनि पाटनदेखि त्रिपुरेश्वर-टिचिङ-बाँसबारी रुटमा चलाउने भन्ने बारेमा  छलफल भैरहेको पाण्डेले बताए। उनका अनुसार यो बस बढी अस्पतालहरु भएका क्षेत्रमा नै सञ्चालन हुनेछ।

यो बस चिल्लो सडकमा मात्र गुडाउन सकिन्छ । खाल्डाखुल्डी भएका सडकहरुमा यो बस चलाउन सकिँदैन किनभने यसको ग्राउण्ड क्लिरेयन्स सामान्य बसको भन्दा कम हुन्छ।

कस्तो छ साझाले ल्याएको सेमी लो फ्लोर बस 


ड्राइभर सहित ४१ सिट भएका यो बसमा सुविधायुक्त र आरामदायी छ। बसमा चढ्नका लागि ढोकामा एउटा मात्रै स्टेप रहेको छ। जसका कारण अशक्त र अपाङ्गहरु सहजै चढ्न सक्छन्। अन्य सामान्य गाडीमा दुर्इ तीनवटा  स्टेपहरु हुन्छन् ।

उक्त बसको त्यो एक  स्टेप पनि आवश्यकता अनुसार फोल्ड गरेर ह्विल चियर चढाउन सकिने साझा यातायातले जनाएको छ।
यो बस १२ मिटरको लम्वार्इको छ। साझाका अन्य डिलक्स बसहरु १० मिटर लम्बार्इको मात्रै छन्। अन्य सामान्य बसहरु ८ देखि ९ मिटरका हुन्छन्।
 

यस्तो खालको बसको ग्राउण्ड क्लियरेन्स एकदमै कम हुन्छ। सामान्य बसको क्लियरेन्स ९ मिलिमिटर हुन्छ तर यसमा जम्मा ४ सय मिलिमिटर मात्रै रहेको साझा यातायातले जनाएको छ जसका कारण अपाङ्ग र अशक्तहरु सहजै चढ्न र ओर्लन सक्छन्।

यो बसको अर्को विशेषता भनेको ड्रार्इभर एनाउन्समेन्ट हो।  चालकले यात्रुलार्इ बस कहाँ पुग्यो भन्ने बेला बेला जानकारी दिर्इरहन सक्छन्। त्यसै गरी बसमा सिसिटीभी  क्यामेरा जडान गरिएको छ। जसले गाडीभित्र हुने गरेका चोरी तथा हिंसाका घटनाहरुलार्इ रोक्छन् ।चढ्न र ओर्लनका लागि फरक फरक दुर्इवटा ढोकाहरु रहेका छन्।

साझाका अनुसार बस भित्रै  ह्विल चियर राखेर त्यसमै बसेर समेत यात्रा गर्न सकिन्छ । सेमी लो फ्लोर बसका लागि १ करोड रुपैयाँ लाग्ने भएपनि यो बस ३५ लाख रुपैयाँ लागतमा ल्यार्इएको साझा यातायातले जनाएको छ।  अशोक लेल्याण्ड कम्पनीले भारतको मद्रासमा यो बस तयार पारेको हो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell