PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

आफ्ना श्रीमानमाथि आइलागेका ८ आक्रमणकारीमाथि यसरी जाइलागिन् एक महिला



पहिलोपोस्ट

आफ्ना श्रीमानमाथि आइलागेका ८ आक्रमणकारीमाथि यसरी जाइलागिन् एक महिला
फोटो श्रोत: dainikbhaskar.com

लखनउ: भारतको लखनउस्थित काकोरी भन्ने ठाउँमा एक व्यक्तिमाथि ८ जनाले लाठीमुङ्रीसहित आक्रमण गरे। 

उनकै घर आइपुगेका आक्रमणकारीले सुरुमा गेटमा घन्टी बजाए। आबिद अली नामक ती व्यक्तिमाथि  गेट खुलेर कुराकानी गर्नसाथ आक्रमण गरिहाले। 

अलीलाई आक्रमण गर्न ८ जना आइलागेपछि उनकी पत्नी ती आक्रमणकारीमाथि रिभल्बर बोकेर जाइलागिन्।

लगत्तै आक्रमणकरीहरु घटनास्थलबाट फरार भए। ती व्यक्तिहरु भागेकै बेला अलीले श्रीमतीको हातबाट रिभल्बर लिएर हवाइ फायर गरे।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरिसकेको छ भने दुबै पक्षबाट प्रहरीमा उजुरी परेको छ।

आक्रमणको कारण घरभाडा

आक्रमणकारी घरमुली रहेको र अली उनको घरमा भाडामा बस्दै आएका थिए। सन् २०१६ मा घरमुली अब्दुल शकीर अन्सारीले ११ महिनाको एग्रीमेन्टमा घर भाडामा दिएका थिए।
 
तर अलीले तोकिएको भाडा दिएनन्। त्यसपछि घर खाली गर्न अन्सारीले ताकेता गरे। अलीले न त भाडा दिए न घर नै खाली गरिदिए।  

त्यसपछि आफू आक्रमण गर्न बाध्य भएको अन्सारीको दाबी छ। प्रहरीमा दुबै पक्षको उजुरी परेकोले अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell