PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

काइली जेन्नर र टार्विस स्कटले दिए छोरी जन्मिएको जानकारी



पहिलोपोस्ट

काइली जेन्नर र टार्विस स्कटले दिए छोरी जन्मिएको जानकारी

अमेरिकी मोडल एवं सञ्चारकर्मी काइली जेन्नरले छोरीलाई जन्म दिएकी छिन्। उनले आफ्नो इन्स्टाग्राममार्फत आफू आमा बनेको खबर सार्वजनिक गरेकी हुन्। 

२० वर्षीय काइली गर्भवती रहेको खबर एक महिनाअघि मात्र सार्वजनिक भएको थियो। उनले विहीबार नै आफूले छोरीलाई जन्म दिएको जनाएकी छिन्। 'म आमा बन्न लागेको खबर मैले आफै गोप्य राख्न चाहेको थिएँ। त्यसैले यसबारे कुनै पनि कुरा थाहा नदिएकोमा माफ गर्नु होला', उनले इन्स्टाग्राममा लेखेको पोस्टमा भनेकी छिन्,'गर्भावस्था सबैभन्दा सुन्दर र जीवन परिवर्तन गर्ने क्षण रह्यो।'

उनले आफ्नो छोरी स्वस्थ रहेको जानकारी समेत दिएकी छिन्। विहीबार साँझ जन्म हुँदा उनी ८.९ पाउन्डको थिइन्। उनले छोरीको नाम भने सार्वजनिक गरेकी छैनन्।

जेन्नरले आफ्नो छोरीको पिता र्‍यापर टार्विस स्कट रहेको बताएकी छिन्। २५ वर्षीय गायकसँग उनी केही समय यता प्रेम सम्बन्धमा छिन्। काइलीले ९ महिनाको झलक दिने एक भिडियो समेत सार्वजनिक गरेकी छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell