PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश २ कांग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत



पहिलोपोस्ट

प्रदेश २ कांग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत
फोटो: यादवको फेसबुकबाट

काठमाडौं:  प्रदेश नम्बर २ नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सर्वसम्मत चयन भएका छन्।

धनुषा क्षेत्र नं ३ क बाट निर्वाचित यादव धनुषाका पूर्व सभापति हुन्। कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको थियो।

जनकपुरधाममा प्रदेशसभाको आज बसेको पहिलो बैठकले यादवलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कुल १०७ सांसद रहेको यस प्रदेशमा १५ जना मात्र कांग्रेस सांसद रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell