PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

परमिता राज्यलक्ष्मीले बनाइन् वरुण धवनलाई साथी



पहिलोपोस्ट

परमिता राज्यलक्ष्मीले बनाइन् वरुण धवनलाई साथी

नेपाली अभिनेत्री, मोडल तथा गायिका परिमिता राज्यलक्ष्‍मीले आइतबार आफ्नो फेसबुक प्रोफाइल पिक्चर परिवर्तन गर्दै लेखिन्,'नयाँ साथी बनाएँ।' फोटोमा देखिएका उनका नयाँ साथी हुन् बलिउड अभिनेता वरुण धवन। 

परमिताले क्याप्सनमा लेखेकी छिन्,'तपाईंहरु सबैले उसलाई चिन्नु हुन्छ नि हैन?' परिमिताले वरुणसँगको एक मात्र फोटो सार्वजनिक गरेकी छिन्।

यसअघि अभिनेत्री सुष्मा कार्कीले सलमान खानसँगको फोटो प्रोफाइलमा राख्दा अनेक गसिप बनेका थिए। सांगीतिक कार्यक्रमका लागि लण्डन पुगेकी उनले सलमानलाई त्यतै भेटेकी थिइन्। सुष्माले सलमान फ्यानको फ्यान भएको आशयको क्याप्सन लेखेकी थिइन्।



फोटोमा आएका कमेन्टमा विवादित प्रतिक्रिया दिएपछि सुष्माको चर्को आलोचना भएको थियो।

परमिताले भने वरुणको फ्यान नभइ साथीको रुपमा उसलाई भेटेको प्रष्ट पारेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell