PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा भोली आउने



पहिलोपोस्ट

डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा भोली आउने

काठमाडौं : आगामी चैत १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल)को ट्यालेन्ट हन्ट सोमबार धनगढीमा सम्पन्न भएको छ। उक्त ट्यालेन्ट हन्टबाट छानिएका ६ स्थानिय खेलाडीले डीपीएलमा खेल्ने अवसर पाउनेछन्।

सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको र त्यसबाट १२ खेलाडी छनोट गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।

ट्यालेन्ट हन्टबाट छनोट भएका १२ खेलाडीलाई डीपीएलको अक्सनको क्याटेगोरी ‘डी’ राखिनेछ। उनीहरुको बेस प्राइज २५ हजार तोकिएको छ र बढीमा ४० हजारसम्म पाउनेछन्। अक्सनमा प्रत्येक टिमले ट्यालेन्ट हन्टबाट आएका एक खेलाडीलाई आफ्नो टिममा अनिवार्य राख्नुपर्ने प्रावधान आयोजकले तोकेको छ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गरेका थिए। मुल्यांकन सोमबार साँझमात्रै सम्पन्न हुने र मंगलबार छनोटमा परेका खेलाडीको नाम सार्वजनिक गरिने शाहीले बताए।

डीपीएल-२ मा देशका विभिन्न ६ शहरका टिमले प्रतिस्पर्धा गर्दैछन्। यसअघि नै प्रत्येक टोलीले एक-एकब रणनीतिक खेलाडी टिममा राखिसकेका छन्। त्यसबाहेक ११ खेलाडी अक्सनबाट लिनुरपर्नेछ भने दुई विदेशी पनि अनिवार्य टिममा राख्नुपर्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell