PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन



पहिलोपोस्ट

फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन

काठमाडौं : बुद्धको जन्मस्थल कपिलबस्तुको लुम्बिनीमा आगामी फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ।

आयोजक लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्ट्स नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै मार्च १, २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन गर्न लागेको जानकारी गराएको हो।

यस पटक ४१ किमीको फुल म्याराथन, हाफ म्याराथन र पाँच किलोमिटरको दौडमा प्रतिस्पर्धा हुनेछ।

म्याराथन कुदानबाट सुरु भई गोटिहावा, कपिलवस्तु, बाणग्ङगा, तिलोराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लुम्बिनीको पवित्र उद्यानमा समापन हुनेछ।

फुल म्याराथनको विजेताले एक लाख प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार हात पार्नेछन्।

यस्तै हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश: ३५ र २५ हजार पाउनेछन्।

म्याराथनका इभेन्ट म्यानेजर शिखर पाँडेले नेपाल र भारत, अस्ट्रेलिया, चिन लगायतका देशहरुबाट गरि लगभग  २५० धाबकले लुम्बिनी शान्ति म्याराथनमा भाग लिने अपेक्षा गरेको बताए। म्याराथनमा पुरुष र महिला धावक संयुक्त रुपमा दौडनेछन्।

म्याराथनका संरक्षक बिक्रम पाँडे काजीले म्याराथनको मुख्य उद्देश्य लुम्बिनी-कपिलवस्तु क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्नु रहेको बताए। ‘लुम्बिनीमा अन्तर्राष्ट्रीय विमानस्थल बनेपछि विदेश पर्यटकको संख्या उल्लेख्य बढ्ने जनाउदै पाँडेले लुम्बिनी शान्ति म्याराथनले लुम्बिनीमा क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक ल्याउन मद्दत पुर्‍याउने बताए।

म्याराथनका रेस डाइरेक्टर रहेका ओलम्पियन धावक बैकुण्ठ मानन्धरले लुम्बिनी शान्ति म्याराथन लुम्बिनी क्षेत्रमा थप पर्यटक ल्याउन सहयोगी हुने बताए।

लुम्बिनी शान्ति म्याराथनमा सहभागि हुन चाहनले आयोजकको अफिसियल वेवसाइट www.lumbinimarathon.comमा नाम दर्ता गराउन सक्नेछन्। यस्तै हिमालय एक्स्पेडीन्सको ठमेल तथा नुवाकोट घर, सानेपास्थित कार्यालयमा पनि नाम दर्ता गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell