PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुढासुब्बा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

बुढासुब्बा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

धरान : साविक विजेता नेपाल पुलिस क्लब २०औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा पुलिसले झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

पुलिसले अब फाइनल प्रवेशका लागि संकटासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। गत वर्ष पुलिसले संकटालाई नै हराउदै उपाधि जितेको थियो।

पुलिसको जितमा कप्तान सुमन लामाले एक गोल गरे भने काँकडभित्ता ट्रनिङ सेन्टरका विकेश थुलुङले एक गोल उपहार दिएका थिए।

२०औँ मिनेटमा विकेशको आत्मघाती गोलबाट अग्रता लिएको पुलिसका लागि सुमन लामाले ६औँ मिनेटमा दोस्रो गोल गरे। सुमन खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार हात पारे।

प्रतियोगिताअन्तर्गत मंगलवार थ्री स्टार र सुदूरपश्चिम-११ बीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell