PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सातै प्रदेशको पहिलो बैठक सम्पन्न: अबको कार्यतालिका सभामुख र उपसभामुखको निर्वाचन



पहिलोपोस्ट

सातै प्रदेशको पहिलो बैठक सम्पन्न: अबको कार्यतालिका सभामुख र उपसभामुखको निर्वाचन

काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास सुरु भएको छ।

सात वटा प्रदेश निर्धारणपछि सम्पन्न भएको निर्वाचनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरु प्रदेश सभाको पहिलो बैठकमा सक्रियतापूर्वक सहभागी भए।

माघ १८ गते प्रदेश सभाको सबैभन्दा पहिलो बैठक प्रदेश ३ बाट सुरु भयो। 

मकवानपुरको हेटौडा अर्थात प्रदेश ३ को केन्द्रमा रहेको प्रदेश सभा सचिवालयको हल (साविकको क्षेत्रीय शिक्षा निर्देशनालय)मा दिउँसो १ बजेबाट पहिलो बैठक सुरु भयो।  

माघ २१ मा प्रदेश २, ५, ६ र ७ को तोकिएको प्रदेशसभाको सचिवालय हलमा पहिलो अधिवेशन सम्पन्न भयो। प्रदेश १ र ४ को अधिवेशन भने सोमबार सम्पन्न भएको छ। 

पहिलो अधिवेशन सम्पन्न भएसँगै प्रदेश सभाको बैठकको अर्को कार्यतालिका  सभामुख र मुख्यमन्त्री चयन रहेको छ।

मुख्यमन्त्री तय हुन केही दिन लाग्ने भएकोले पहिलो अधिवेशनबाट प्रदेशहरुले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ।

सभामुख र उपसभामुखको निर्वाचन कहिले?


प्रदेश सभाको पहिलो बैठकले सबै प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन तय गरेको छ। 

प्रदेश नम्बर १, ६ र ७ ले सभामुख र उपसभामुखको चयनका लागि माघ २९ गते निर्वाचन मिति तोकेको छ। 

प्रदेश नम्बर २ र ५ मा फागुन २ गते सभामुख र उपसभामुखको चयनका लागि निर्वाचन हुने भएको छ।

 यसैगरी प्रदेश नम्बर ३ मा माघ २७ गते र प्रदेश नम्बर ४ मा फागुन ३ गते सभामुख र उपसभामुखको निर्वाचन मिति तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell