
प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ।
टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो।
ट्रोए डिनेले ४२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोली वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए।
चेल्सीका लागि ८२औँ मिनेटमा एडेन हाजार्डले बराबरी गोल फर्काए। तर वाटफोर्डले त्यसपछि ३ गोल थप्दै जित हात पार्यो।
वाटफोर्डका लागि ८४औँ मनेटमा डाएल जनमातले गोल गर्दै २-१ को अग्रता दिलाउ। त्यसपछि ८८औँ मिनेटमा जेरार्ड डेउलोफेउ र इन्जुरी टाइमको पहिलो मिनेटमा रोवर्ट पाएराले गोल गरे।
हारपछि २६ खेलबाट ५० अंक रहेको चेल्सी चौथो स्थानमा यथावत छ। उता २६ खेलबाट ३० अंक जोडेको वाटफोर्ड ११औँ स्थानमा छ।