काठमाडौं: फिल्म ‘सुपर गोर्खे’ आउँदो वर्षको बैशाख ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। प्राविधिक समस्या देखाउँदै यो वर्षको रिलिज टार्गेट मिट नगरेको बताइएको छ। बैशाख ७ गते भने फिल्मको अन्तिम प्रदर्शन मिति रहेको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले जानकारी दिइन्।
नेपालसँगै अष्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको छ। अस्ट्रेलियामा फिल्म अप्रिल ८ तारिखमा देखाइने छ।
अविर हाउस प्रोडक्सन प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेका हुन्। फिल्ममा ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायत कलाकारहरुको अभिनय रहेको छ।
किरण माइकलको लेखन, राज थापाको कथा रहेको सुपर गोर्खे लाई सौरभ लामाले खिचेका हुन्। चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र शालिक दुलालको संगीत छ।