PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

माल्दिभ्सको संकटकालः अमेरिकाले भन्यो ‘विश्वले हेरिरहेको छ’, भारतले लगायो ‘यात्रा प्रतिवन्ध’



पहिलोपोस्ट

माल्दिभ्सको संकटकालः अमेरिकाले भन्यो ‘विश्वले हेरिरहेको छ’, भारतले लगायो ‘यात्रा प्रतिवन्ध’
तस्वीर :एपी

माल्दिभ्समा सरकारले घोषणा गरेको संकटकालप्रति अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन्। अदालत र सरकारको टकरावबीच सरकारले १५ दिनका लागि संकटकाल घोषणा गरेको हो। भारत, अमेरिका लगायतले घटनालाई नजिकबाट हेरिरहेको बताएका छन्। 

भारतीय विदेश मन्त्रालयले आफ्ना नागकिरलाई अत्यावश्यक बाहेक माल्दिभ्स भ्रमण नगर्न भनेको छ। माल्दिभ्समा रहेका नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन पनि विदेश मन्त्रालयले आग्रह गरेको छ। 

अमेरिकाले माल्दिभ्सको घटनालाई ‘विश्वले हेरिरहेको’ बताएको छ। उसले अभिव्यक्ति स्वतन्त्रतताको सम्मान गर्न पनि आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell