PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गैँडाको आक्रमणबाट एकको मृत्यु



पहिलोपोस्ट

गैँडाको आक्रमणबाट एकको मृत्यु
प्रतीकात्मक तस्वीर

रत्ननगरः चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो। खोजी गर्ने क्रममा सोही राति उनको शव फेला पारिएको थियो। चितवन निकुञ्जबाट निस्किएको गैँडाले हानेको अवस्थामा सोही मध्यराति माडी अमिलियाको काँसघारीमा शव फेला परेको जनाइएको छ।

सोमबार शव परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट वर्षेनि धनजनको क्षति हुँदै आएको छ। रासस   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell