काठमाडौं: फिल्म 'जाइरा' निर्माणको औपचारिक घोषणा भएको छ। फिल्म बन्ने खबर केही अघि सार्वजनिक भएपनि निर्माण पक्षले औपचारिक जानकारी दिएको थिएन। जाइरामा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाहीले जोडी बाँध्दैछन्।
निर्माण युनिटका अनुसार फागुनको तेश्रो सातादेखि छायांकन सुरु हुनेछ। फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुने बताइएको छ। ट्रेन्डसिटर्सको ब्यानरमा बन्ने आशुतोषराज श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठको लागि जाइरा निर्देशकिय डेब्यु हुनेछ।
जाइरामा अन्य कलाकार रेमनदास श्रेष्ठ, कलाकारहरु प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ। फिल्मका लागि नम्रता एक्सन क्लासमा व्यस्त छिन्।
बाबु सुरेश श्रेष्ठले खिच्ने फिल्म जाइरामा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहनेछ। फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन्।