PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

समुद्री डाँकाले नियन्त्रणमा लिएको भारतीय पानीजहाज अपहरणमुक्त



रासस

समुद्री डाँकाले नियन्त्रणमा लिएको भारतीय पानीजहाज अपहरणमुक्त

नयाँदिल्ली: पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 

सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो। उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो। 

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिनुभएको थियो। आज सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचारमा जनाइएको छ। 

बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो। 

उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ। 

अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन्। 

जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell