PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आन्दोलनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको लाठी



पहिलोपोस्ट

आन्दोलनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको लाठी

पोखराः नेपाल विद्यार्थी संघ(नेविसंघ) स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको मृत्युको विषयलाई लिएर विद्यार्थी आन्दोलनमा उत्रेपछि समाचार संकलनमा पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गरेका छन।

समाचार संकलनमा आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा प्रहरीले लाठी प्रहार गरेका हुन्। लाठी प्रहारबाट ढकाल घाइते भएका छन्। पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध लाठी हानेको बताएका छन्। 

पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य समेत रहेका उनीमाथि गरेको प्रहरीको यो हर्कतको पत्रकारहरुले चर्को विरोध गरेका छन्।

‘प्रहरीबाट चर्को दमन छ । विद्यार्थीलाई उत्तेजित बनाएको अवस्था छ । पत्रकार समाचार संकलन गर्न जाँदा त छाडेनन्,’ ढकालले भने ‘पत्रकारको कार्ड देखाउँदा देखाउँदै नली खुट्टैमा हाने।’

सम्बन्धित समाचार

नेविसंघका नेताको मृत्युपछि पोखरामा तनावः चार राउन्ड अश्रुग्यास प्रहार, १३ विद्यार्थी पक्राउ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell