PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी



पहिलोपोस्ट

त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

काठमाडौं: प्राध्यापक डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पधाधिकारीलाई सरकारले तत्काल बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज समबन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा केसीले यस्तो चेतावनी दिएका हुन्।

मंगलबार डा केसीले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्न माग राखेका छन्। त्यसैगरी आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने, प्रधानन्यायधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्ने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि तुरुन्त छानविन गर्नुपर्ने बताएका छन।

अदालतले नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्न आदेश दिएको अवस्थामा पदबाट राजिनामा नदिइ उल्टै अदालतको मानहानी हुनगरि मनपरि बोल्दै हिडेको डा केसीले आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell