PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश: तीन अर्ब भुक्तानी दिन निर्देशन



पहिलोपोस्ट

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश: तीन अर्ब भुक्तानी दिन निर्देशन

काठमाडौं: सर्वोच्च अदालतले व्यापारी अजयराज सुमार्गीको विदेशबाट आएको रकम उनलाई भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
 
सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिएको हो। न्यायाधीश तेजवहादुर केसीको एकल इजलासले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिब दुई अर्ब १४ करोड रुपैयाँ भुक्तानी गर्ने बाटो खुलाइ दिएको हो।

अदालतले सुमार्गीको पैसा रोक्नु पर्ने कानुनी आधार नभएको र लगानी बोर्डले विदेशी फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका लागि आदेश दिएको छ।
 
अदालतले विषयको गम्भिरता हेरी दुबै पक्ष राखी बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थितिका लागि निर्देशन दिएको छ। अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने जनाएको छ। 
 
अन्तरिम आदेशमा भनिएको छ- 'रकम रोक्का राख्दा उद्योगलाई क्षति वा हानी रहेको देखिन आएमा सम्पति शुद्धिकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा बाधा अड्चन नहुने गरी प्रस्तुत रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको बखत भुक्तानी दिलाउनू र खाता सञ्चालनमा अवरोध नगर्नू नगराउनू।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell