
धरान : निराजन खड्काको ह्याट्रिक प्रेरित रुस्लान थ्री स्टार धरानमा भइरहेको २०औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको अन्तिम क्वाटरफाइनल सुदूरपश्चिम-११ लाई ४-० ले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान बनाउको हो।
थ्री स्टारले अब कोलकताको दुर्गापुर स्टिलसँग फायनल प्रवेशका लागि खेल्नेछ।
थ्री स्टारलाई सहज जित दिलाउन निराजन खड्काले ह्याट्रिक गर्दा सुनिल बलले एक गोल गरे।
खड्काले सातौँ, ५४औँ र इन्जुरि टाइममा गोल गरे। सुनिलले ५४औँ मिनेटमा गोल गरे।
हयाट्रिक गरेका खड्का खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार नगद हात पारे।