2.jpg)
काठमाडौं : आयोजक न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। मंगलवार भएको खेलमा चिरपरित प्रतिद्वन्दी एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलको पहिलो सेट २४-२६ ले गुमाउपनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तिन सेट जित्यो।
न्यु डायमण्डले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–२३, २८–२६ र २५–२३ ले जित्यो।
न्यु डायमण्डको जितमा प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन्। त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् भने ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १–१ अंक जोडिन्।
एपीएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गदै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक प्राप्त गरिन्। यस्तै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंक जोड्दा नेविका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंक अंक जोडिन्।
शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको च्याम्पियन न्यु डायमण्डले १ लाख ५१ हजार नगदसहित ट्रफी हात पार्यव। उपविजेता एपीएफले १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको छ।
मंगलवारै भएको तेस्रो स्थानको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४, २५–२१ को सेटमा पराजित गर्यो। तेस्रो भएको आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार प्राप्त गरे।
प्रतियोगिताका बेष्ट प्लेयर न्यू डायमण्डकी प्रतिभा माली घोषित भएकी छिन्। उनले शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन्। व्यक्तिगत विधातर्फ पनि न्यू डायमण्डकै खेलाडीको वर्चस्व रह्यो।
न्यु डायमण्डकी ललिता नाथ उत्कृष्ट क्विकर, पनामिका राई उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो तथा कृपा अधिकार उतकृष्ट सेटर घोषित भए।
त्यस्तै, उत्कृष्ट स्पाईकर एपीएफकी सरस्वती चौधरी तथा उत्कृष्ट ब्लकर आर्मीकी संगम महत्तो चुनिइन्। उनीहरुले ५-५ हजार नगद प्राप्त हात पारे।
न्यू डायमण्डलाई च्याम्पियन बनाएका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए। राईले नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरे।