PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कांग्रेसको कठिन यात्रा शुरु भो, डटेर काम गरौं: डा शेखर कोइराला



पहिलोपोस्ट

कांग्रेसको कठिन यात्रा शुरु भो, डटेर काम गरौं: डा शेखर कोइराला

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले पार्टीका सामु आएका सबै प्रकारका चूनौतीसँग डटेर उच्च मनोबलका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

आज कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको प्रदेश नं १ का पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जन प्रतिनिधि एवं प्रदेश सभाका सदस्यलाई कोइरालाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका हुन्।

डा कोईरालाले भने, 'अब कूनै पनि प्रदेश र केन्द्रमा हाम्रो पार्टीको सरकार बन्दैन। तपाईहरूलाई विकासका बारेमा, बजेटका बारेमा वा नीतिगत समस्या पर्ला त्यसमा पार्टीले सबै प्रकारले सहयोग गर्छ। खूट्टा नकमाई काम गर्नुस। जनतालाई परिवर्तनको आभास दिनूहोस।'

डा कोईरालाले पार्टीभित्र ब्यक्तिवादी चरित्र हावी भएको बताउँदै अब पार्टी पूरानो ढर्राबाट चल्न नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell