PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर : राष्ट्रसंघ



पहिलोपोस्ट

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको छ। उनले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरे।

सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र पक्राउ परेका प्रधानन्यायाधीशको रिहाई गर्नु कानूनी शासनको सम्मान गर्नु हो, राष्ट्रसंघका महासचिवले भनेका छन्।

मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएपछि सरकारले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सङ्कटकालको घोषणा गरेको हो।

राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमको राजीनामा माग गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउन भन्दै शहरका मुख्यमुख्य भूभाग, संसद तथा सर्वोच्च अदालतमा ठूलो सङ्ख्यामा प्रहरी तथा सेनालाई तैनाथ गरिएको छ।

प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको आदेशलाई नमानेको भन्दै सत्तामा वसिरहन अयोग्य भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउँदै लगेपछि सरकारले व्यापक सुरक्षाकर्मीलाई परिचालित गरेको थियो। आन्दोलनकारीले सरकारको दमनलाई तोड्दै प्रदर्शनमा सरीक भएपछि अन्ततः सोमबार सङ्कटकालको घोषणा गरेको हो। रासस÷एएफ्पी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell