काठमाडौं: मोटिभेसनल स्पिकर एवं सामाजिक अभियन्ता सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ब्लाइन्ड रक्सको अफिसियल ट्रेलर रिलिज भएको छ। मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो।
फागुन १८ गते रिलिज हुने फिल्मलाई मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन्। फिल्ममा सृष्टिको भूमिका बेनिशाले हमालले निभाएकी छिन्। फिल्ममार्फत बैंकर अनिल केशरी शाह पनि फिल्ममा डेब्यु गरेका छन्।
‘मेरो जीवनमाथि फिल्म बन्नुले मलाई खुशी दिएको छ’, केसीले भनिन्, ‘फिल्म हेरेर सुझाव दिनुहोला।’