PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ट्यालेन्ट हन्टबाट छानिएका क्रिकेट खेलाडीलाई छात्रवृत्ति र खेलसामग्री



पहिलोपोस्ट

ट्यालेन्ट हन्टबाट छानिएका क्रिकेट खेलाडीलाई छात्रवृत्ति र खेलसामग्री

काठमाडौं : मदन भण्डारी स्पोर्टस् एकेडेमी अन्तर्गतको क्रिकेट विभागले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरेको छ। विभागले गत माघ ५ र ६ गते आयोजना गरेको क्रिकेट कार्निभलमा सञ्चालित ट्यालेन्ट हन्टबाट छनोट भएका १० खेलाडीलाई मंगलवार प्रशिक्षण छात्रवृत्ति र खेलसामग्री प्रदान गरेको हो ।

दुई दिने ट्यालेन्ट हन्टबाट कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृष्मा गुरुङ, अशोक पौडेल, खुसी डंगोल, अफजल अली, अनुरोध पन्त, रामसुरत यादव र रौनक पराजुली छनोट भएका थिए।

खेलाडीलाई एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला, क्रिकेट विभाग अध्यक्ष सुदीप शर्मा लगायतले छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरे। खेल सामग्रीको प्रायोजन सुशील कोइराला फाउन्डेसनले गरेको थियो ।

छात्रवृत्ति पाएका खेलाडीले मदन भण्डारी क्रिकेट एकेडेमी शान्तिनगर, वाईवाई जीएससीए सिनामंगल, लाइसेन्स क्रिकेट एकेडेमी पेप्सीकोला र बालुवाटार क्रिकेट एकेडेमी बालुवाटारमा एक वर्षसम्म निःशुल्क प्रशिक्षण गर्न पाउनेछन्।

विभागले अजय देव, रूपेन्द्र श्रेष्ठ, प्रतिका दाहाललाई पनि एक वर्ष निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको अध्यक्ष शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell