PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

बिरामीलाई मासिक ५ हजार: यस्तो छ छनोट प्रक्रिया 



सागर बुढाथोकी

बिरामीलाई मासिक ५ हजार: यस्तो छ छनोट प्रक्रिया 
फाइल फोटो: रासस

काठमाडौं: मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले  गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो।

छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार पाउनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएकालाई मासिक ५ हजार भत्ता दिने निर्णयको माघ ११ गते सुरुवात गरेका थिए।

यस्तो हुनेछ बिरामी छनोट प्रकिया 


(क) मृगौला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनी प्रदान गरेको आधारमा मृगौला प्रत्यारोपण नगरी औषधी सेवन गरी वा डायलायसिस गरी रहेका बिरामी र मृगौला प्रत्यारोपण गरी बेरोजगार भइ नियमित कार्य गर्न असमर्थ रही आराम गरी बस्न सिफारिस भएका बिरामी।

(ख) क्यान्सर रोग सम्बन्धी विशेषज्ञ चिकित्सकको सिफारिसको आधारमा उपचार गराई रहेका बिरामी र नियमित आय आर्जन गर्न असमर्थ भर्इ चिकित्सकले आराम गर्नुपर्ने भनी सिफारिस भएका बिरामी।

(ग) विशेषज्ञ चिकित्सकबाट स्पाइनल इन्जुरी भई पारालाइसिस रोग भएको भनी सिफारीस भएका बिरामी। वेरोजगार भर्इ आय आर्जन गर्न नसक्ने भर्इ आराम गर्न सिफारिस भएका बिरामी।

(२) उपदफा १ को अतिरिक्त देहायका अन्य कागजातहरु समावेश गरेको हुनुपर्नेछ ।

 (क) “विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धी निर्देशिका, २०७३ तोके बमोजिमको कागजात पेश गर्नु पर्नेछ।

(३) यो निर्देशिका जारि हुनु पूर्व जिल्ला स्तरिय विपन्नताको सिफारिश लिएका विरामिहरूका हकमा सोही सिफारिशका अधारमा जिविकोपार्जन भत्ता उपलब्ध गराउनु पर्नेछ।

(४) गरिब वा असहाय भनी झुठा विवरण पेश गरी यस कार्यविधि बमोजिम जिविकोपार्जन भत्ता प्राप्त गर्न खोजेको जानकारी प्राप्त भएमा वा प्रमाणित भएमा जिविकोपार्जन भत्ता उपलब्ध गर्ने निर्णयलाई तत्काल रद्द गराइनेछ।

(५) गरिबीको परिचय पत्र वितरण गरेको जिल्लाको हकमा सोही परिचय पत्र वालालाइ मात्र भत्ता उपलब्ध गराइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67a3c648cb2004.30840154): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67a3c648cb2004.30840154,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3c648da0468.44107886): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3c648da0468.44107886,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293