बलिउड अभिनेता सलमान खानको आधिकारिक ट्विटर ह्यान्डलमा भएका पछिल्ला तीन ट्विटले उनको फलोअर्सलाई केही छक्क तुल्यायो त केही खुशी बनाउने खालका छन्। फेब्रुअरी ६ का दिन दिउँसो १२:३० मा उनले एउटा ट्विट लेखे,'मुझे लड्की मिल गयी'।
सलमान खानको उक्त ट्विटमा फलोअर्सको जिज्ञासा र प्रतिक्रियाको ओइरो लाग्यो। १४ हजारपटक रिट्विट भएको ट्विटमा २० हजार प्रतिक्रिया छन् भने ८३ हजार लाइक। विलिया वन्तुरसँग प्रेम सम्बन्धमा रहेका उनको ट्विटमा धेरैको मिश्रित प्रतिक्रिया र प्रश्न आइराख्दा उनले अर्को फोटो ट्विट गरे।
Nothing to worry na @aaysharma ki film #Loveratri ke liye ladki mil gayi Warina, Toh dont worry na be happy na pic.twitter.com/uetTpUKRdi
— Salman Khan (@BeingSalmanKhan) February 6, 2018
करिव दुई घण्टापछि लेखिएको फोटो क्याप्सन छ,'नथिङ टु वरी'। दोस्रो ट्विटमार्फत उनले आयुष शर्माको फिल्मको लागि केटी भेटिएको बारे खुलाएका छन्। अभिनेत्री वरिना हुसेनको फोटो पोस्ट गरेका हुन्। यसरी उनले पहिलो ट्विटको सस्पेन्स दोस्रोमा खोले।
सलमान खानको नयाँ बलिउड प्रोजेक्ट 'लभरात्री'मा उनले आफ्नो ज्वाईं आयुष शर्मालाई डेब्यु गराउँदै छन्। साथै अब फिल्ममा आयुषको जोडी वरिमा हुसेन रहने पक्का भएको छ। फिल्मलाई अभिराज मिनावालाले निर्देशन गर्ने भएका हुन्। लभरात्री सलमानको पाँचौ निर्माण प्रोजेक्ट हुनेछ।
त्यस्तै सलमानको बुधबार बिहान नेपाल आउने बारे खुशी व्यक्त गर्दै ट्विट लेखे। उनले 'द ब्याङ्ग द टुर'का लागि 'मलाई स्वाग से स्वागत नगर्ने?' भन्दै ट्विट लेखेका छन्। उनले कन्सर्ट हुने स्थान जनाउँदै ह्यास ट्यागमा टुँडिखेल लेखेका छन्।
Nepal ab aap ki baari swag se swagat nahi karoge hamara #DabanggTheTourNepal #ODCEntertainment #Bollywood #Tundikhel #jaevents @thejaevents #sohailkhanentertainment @SohailKhan pic.twitter.com/R5U9i0yu33
— Salman Khan (@BeingSalmanKhan) February 7, 2018